गहतलाई कुलथी पनि भनिन्छ । गहत खानाले पत्थरी फाल्छ भन्ने कुरा अधिकांश नेपालीलाई थाहा भएको कुरा हो। गहतको सेवनले किड्नी स्टोन फाल्दछ । पत्थरीको उपचार गर्दा हमेसा कडा औषधि प्रयोग गरेको पाइन्छ । घरेलु औषधिमा गहत पनि एक हो।
पथरीको उपचार गहतले कसरी काम गर्छ भन्ने बारे जानकारी पाउनु आवश्यक छ। गहतमा भिटामिन ए पाइने भएकाले पत्थरी बन्नबाट रोक्ने काम यसले गर्दछ । हाम्रो विचार सस्तो सुलभ आफ्नै घरमा भएको औषधि नदिएर हामीले महंगो औषधि सेवन गराउदछौं ।
यस्तो छ गहतको दाल खाने तरिका
१. गहतको दाल २५० ग्राम ल्याउनुहोस् । राती ३ लिटर जति पानीमा भिजाएर राख्नुहोस् र बिहानै हल्का आगोमा ४ घण्टा पकाउनुहोस् र शुद्ध घिउले झान्नु होस् त्यसमा कालो मरिच, सिधेनुन, जीरा, हलेदो हाल्नुहोस् १० एमएम सम्मको पत्थरी झार्दछ ।
पत्थरी हुदा के खाने ?
१. पत्थरी हुँदा गहत, खरबुजो, मूला, अमला, मूंङको दाल, चौलाई भाजी खाने। दैनिक ७,८ गीलास पानी दैनिक पिउनु पर्दछ ।
पत्थरीमा के नखाने ?
१. मासको दाल, मेवा, चक्लेट, माछा, मासु, चिया, भेण्टा, टमाटर आदि खानुहुदैन ।
नोट : यस्ता घरेलु औषधिको प्रयोग पत्थरीमा धेरै फाइदा गर्ने देखिन्छ। हामीले यसतर्फ ध्यान पुर्याउन नसक्नु दुर्भाग्य हो । हाम्रो घरको वरपर अनगिन्ती औषधिको भण्डार छ तर उपयोगविहिन बन्दै गएको छ ।