• फाल्गुन २४ २०८२, आईतवार

महासचिवकाे टिकट नपाएपछि राेएका ज्ञवालीले केन्द्रीय सदस्यमा भने लाेकप्रिय मतसहित विजयी

पुष ३ २०८२, बिहीबार

काठमाडौं । एमालेको संस्थापन पक्षका नेता प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा लोकप्रिय मत लिएर विजयी बनेका छन् ।

केपी ओली खेमा (संस्थापन पक्ष)बाट महासचिवको टिकट नपाएपछि केन्द्रीय सदस्यमा मात्रै उम्मेदवारी दिएर रुँदै फर्किएका ज्ञवालीलाई एमालेका प्रतिनिधिहरुले सहानुभूतिमा भारी मत दिएका हुन् ।

ज्ञवालीले महासचिवमा पहिल्यैबाट दावेदारी प्रस्तुत गरे पनि ओलीले उक्त पदमा नभई उपाध्यक्षमा उठ्न सल्लाह दिएका थिए । तर, उपाध्यक्षमा उम्मेदवारी दिन मानेनन् र केन्द्रीय सदस्यमा मात्रै उठेका थिए ।

ज्ञवालीले रिक्त गरेको स्थानमा संस्थापनबाट रघुजी पन्त उम्मेदवार भएर विजयी बनेका छन् । खुला केन्द्रीय केन्द्रीय सदस्यमा ज्ञवालीले एक हजार ९४२ मत ल्याएका । उनी सर्वाधिक मत ल्याउनेमा पर्छन् ।