• फाल्गुन २३ २०८२, शनिबार

बालबालिकालाई सिकाउनुपर्ने १० राम्रो बानी

पुष ३ २०८२, बिहीबार

जीवनोपयोगी सीप सिक्ने पहिलो थलो घर नै हो, र अभिभावक गुरु। जीवनोपयोगी सीपको शुरुआत घरायसी कामकाजबाट हुन्छ। यसप्रति चासो जगाउन अभिभावकहरुले सहजीकरण गर्न जरुरी हुन्छ। ‘हाम्रा बालबालिका भोलिका जनशक्ति हुन्’ भन्ने आधारभूत बुझाइ अभिभावकमा हुनैपर्छ।
बालबालिकालाई केही राम्रो बानी सिकाउनुपर्ने हुन्छ ।

सिकाउनैपर्ने १० राम्रो बानी
1. नम्र भएर बोल्ने बानी कृपया, धन्यवाद, माफ गर्नुहोस् जस्ता शब्द प्रयोग गर्न सिकाउनु।
2. सफाइमा ध्यान दिने हात धुने, दाँत माझ्ने, नुहाउने र वरिपरि सफा राख्ने बानी।
3. समयको कदर गर्ने समयमा उठ्ने, पढ्ने र सुत्न बानी बसाल्नु।
4. साँचो बोल्ने बानी सधैं सत्य बोल्न र इमानदार हुन सिकाउनु।
5. ठूलालाई सम्मान र सानोलाई माया गर्ने घर, विद्यालय र समाजमा आदर गर्ने व्यवहार।
6. आफ्ना सामान मिलाएर राख्ने खेलौनाहरू, किताब र कपडा आफैं मिलाउने बानी।
7. अरूलाई सहयोग गर्ने साथी, परिवार र आवश्यक परेका व्यक्तिलाई मद्दत गर्ने।
8. धैर्य र आत्मनियन्त्रण पालो पर्खने, रिस नियन्त्रण गर्ने बानी।
9. पढाइ र सिकाइप्रति रुचि राख्ने किताब पढ्ने, नयाँ कुरा सिक्ने बानी विकास गर्ने।
10. स्वस्थ खाना खाने बानी जंक फुडभन्दा पौष्टिक खाना रोज्ने बानी।