• फाल्गुन २४ २०८२, आईतवार

एमाले महाधिवेशन : बहुविवाहका दाेषी शेर्पाकाे केन्द्रीय सदस्य पदकाे उमेदवारी खारेज

पुष १ २०८२, मंगलवार

काठमाडौं । एमाले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका पासाङ शेर्पाको उम्मेदवारी खारेज भएको छ ।

बहुविवाह मुद्दामा दोषी ठहर भएका उनले आदिवासी–जनजाति खुलातर्फ उमेदवारी दर्ता गराएका थिए ।

तर वहुविवाह मुद्दाका दोषी भएकाले उमेदवार बन्न नपाउने उजुरी दर्ता भएको थियो ।
उजुरीपछि शेर्पाको उमेद्वारी निर्वाचन आयोगले खारेज गर्दै अन्तिम उम्मेदवार सूचीबाट नाम हटाएको छ ।

शेर्पालाई केपी शर्मा ओली समूहले सूचीमा राखेको थियो ।