मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) शरीरमा स्फूर्ती रहनाले मन प्रसन्न रहनेछ। आँटेको कार्य पूरा गर्ने समय रहेको छ। प्रियजनसँगको सुखद भेटले मनमा आनन्द छाँउनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) घर परिवारमा खुशी साटा साट हुनेछ। केही अप्रत्याशित समाचार आउन सक्छ। आयआर्जनको नयाँ स्त्रोतहरू फेलापर्नेछन्। साथीभाईको सहयोगमा महत्वपूर्ण कार्य सफल होला। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) धार्मिक तिर्थस्थलहरूमा भ्रमणका योग रहेका छन्। धर्मकर्ममा विशेष मन जानेछ। समग्रमा यहाँहरुको लागि शुभ समय रहेको छ र भाग्यको साथ मिल्नाले अधुरा कार्य पूरा हुनेछन्। आजको लागि शुभ रंग कलेजी हो भने शुभ अंक ८ रहेको छ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) तुला राशि हुनेहरुका लागि आजको समय शुभ रहेको छ। प्रेम तथा दाम्पत्य सुखको लागि उचित समय रहेको छ। प्रियजनसँग भेटघाटले मनमा हर्ष र उल्लास छाईरहनेछ। आजको लागि शुभ रंग सेतो हो भने शुभ अंक ५ रहेको छ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आजको दिन भाग्य वृद्धि हुनाले मान सम्मान र यश मिल्नेछ। शत्रुहरु पराजित हुनेछन्। निर्णय क्षमता प्रबल हुनाले राम्रो कामको थालनी गर्न शुभ समय रहेको छ। आजको शुभ रंग पहेलोहो भने शुभ अंक ५ रहेको छ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) परिवार र आफन्तको सहयोग मिल्नेछ। लेखन र साहित्यमा मन लागिरहला। खोज र अनुसन्धानका कार्यबाट सफलता मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ।
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) अचानक धन हानिका योग छन्। खर्चगर्दा सोच बिचार पुर्याउनुहोला। मानसिक चिन्ता र तनावको वातावरण बन्नेछ। शिवजीको आरधना गरेर काम गर्नाले सफलता मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक १ रहेको छ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) कार्यक्षेत्रमा सहकर्मीहरुको साथ मिल्नेछ। मन प्रफुल्लित रहनेछ। भावनात्मक समझदारी देखाएर आपसी सम्बन्ध सुधार्न सकिनेछ। आजको लागि शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) कतै रमाइलो सम्वादले मन हलुका बनाउनेछ। काममा सन्तुष्टि मिल्नेछ तर मनलाई खुला राख्नुपर्छ। पेट सम्बन्धि समस्याले सताउन सक्छ। स्वास्थ्य र खानपानमा बिशेष ध्यान दिनुहोला। आजको शुभ रंग निलो हो भने शुभ अंक ९ रहेको छ।
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) यहाँहरुको लागि आजको दिन सामान्य रहेको छ। खानपानमा सजगता अपनाउनुहोला। व्यर्थको झन्झट आईलाग्न सक्छ त्यसैले अरुसँग व्यवहार गर्दा विशेष ध्यान दिनुहोला। आजको लागि शुभ रंग गुलाबी हो भने शुभ अंक २ रहेको छ।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) मनमा शान्ति र मुहारमा कान्ति दिनभरी रहनेछ। भोगविलासमा मन प्रफुल्ल रहला। लामो समयदेखि अड्किएको काम सफल होला। आजको शुभ रंग खैरो हो भने शुभ अंक ७ रहेको छ।
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) मीन राशि हुनेहरुका लागि आजको समय शुभ रहेको छ। बोलिको प्रभावले टाढिएका मित्रहरु नजिकिन सक्छन्। मिष्ठान्न भोजन ग्रहणको सुअवसर प्राप्त होला । मनमा प्रसन्नता छाउने छ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक १ रहेको छ।