• श्रावण १९ २०८३, मंगलवार

हिटर र गिजर चलाउँदा नगर्नुहोस यी गल्तीले जान सक्छ ज्यान

मंसिर २५ २०८२, बिहीबार

पछिल्लो समय जाडो अत्यधिक रुपमा बढेको छ।  जाडो मौसममा पानी तताउन र कोठाहरु तातो बनाउन ग्यास गिजर र विद्युतीय हिटरहरु प्रयोग गर्ने तथा आगो ताप्ने प्रचलन बढेको छ।

ग्यास तथा विद्युतीय उपकरणले दैनिक जीवनलाई सहज बनाए पनि यसको प्रयोगमा सावधानी नअपनाउँदा अप्रिय घटनाहरु हुने गरेका छन्।  ग्यास गिजर, ग्यास हिटर, विद्युतीय हिटर बाल्दा पर्याप्त हावा आवतजावत हुने व्यवस्था मिलाउन आग्रह गरेको छ। केही कुरामा मात्र ध्यान दिए त्यस्ता दुर्घटनाबाट बच्‍न निम्न उपाय अपनाउन सकिन्छ :

– हावा ओहोरदोहोर हुने ठाउँ वा कोठामा मात्र आगो ताप्ने, हिटर बाल्ने वा गिजर प्रयोग गर्नुपर्छ।
– कोइलाजन्य स्रोतबाट सकेसम्म आगो नतापौं।
– आगो ताप्दा वा हिटर बाल्दा कागज, कपडा जस्ता छिटो जल्ने खालका सामग्री नजिकै नराखौं।– आगो तापिसकेपछि त्यसलाई पूर्ण रुपमा निभाउने गरौं।– सुत्नुअघि अनिवार्य रुपमा हिटर निभाउने गरौं।
– गिजरको मुख्य मेसिनलाई बाथरुम बाहिर खुला ठाउँमा जडान गरौं।– गिजर खोलेर लामो समयसम्म बाथरुममा बस्ने नगरौं।