• फाल्गुन २३ २०८२, शनिबार

पालुंगो कसरी खाने ? किन खाने ?

मंसिर १७ २०८२, बुधबार

बजारमा पाइने हरिया सागपातमध्ये एक हो पालुंगो । सबैभन्दा पौष्टिक मानिने यो साग केवल भातसँग खान हुने तरकारी होइन- आयुर्वेद अनुसार पालुंगो शक्तिवर्धक, रोग प्रतिरोधक क्षमता बढाउने तथा शरीर शुद्ध गर्ने औषधीय गुण भएको तरकारी  हो। यदि तपाईं पालुंगो सही तरिकाले खान सिक्नुभयो भने यसको फाइदा दुगुना हुन्छ।

पालुंगो किन खाने ?
पालुंगोमा पाइने मुख्य पोषक तत्वहरूःक्याल्सियम, आइरन, भिटामिन A, C, K प्रोटिन, म्याग्नेसियम,क्लोरोफिल, एण्टी अक्सिडेन्ट (ल्यूटिन, बाइटाकेरोटिन) ले रगत सफा गर्ने, पाचन सुधार गर्ने, कब्ज हटाउने, पेट, छाला, एनीमिया, जोर्नी दुख्ने, भारीपन, सुजन, वजन घटाउने तथा कमजोरी दूर गर्ने गुण हुन्छ।

पालुंगो यसरी पकाउन हुँदैन
1. पालुंगो धेरै पकाउँदा आइरन र भिटामिन C नष्ट हुन्छ ।
2. दही वा पनिरसँग मिसाएर खानाले आइरन अवशोषण घट्छ।
३.५०-६०% पोषण पानी फाल्दा हराउँछ।
4. गलत पकाउने तरिकाले ग्यास वा ब्लोटिङ हुन सक्छ।

यसरी पालुंगो खानुका फाइदा
१. पालुंगो + घीउ (अवशोषण ३ गुणा)
घीउले भिटामिन A, K तथा आइरन अवशोषण बढाउँछ।
पकाउँदा एक चम्चा घी प्रयोग गर्नु।
२. पालुंगो नींबू (अवशोषण बूस्टर)
काँचो वा पकाई सकेपछि आधा नींबू निचोर्नु-
भिटामिन C ले आइरन तीन गुणा बढाउँछ।
३. पालुंगो स्मूदी
बिहान खाली पेट पिउनु डिटोक्स, स्किन ग्लो र ऊर्जा बढ्छ ।

पालुंगो कसरी खाने ?
काँचो वा हल्का भुटेर खानु उत्तम।
पकाउँदा पानी नफाल्नु।
दही, पनीर, दूधसँग पालुंगो नखानु आइरन अवशोषण रोक्छ।
थाइराइड (Hypothyroid) भएका व्यक्तिले कम मात्रामा खानु।
किड्नी स्टोन हुनेले पालुंगो सीमित मात्रमा सेवन गर्नु।