• फाल्गुन २४ २०८२, आईतवार

हर्क साम्पाङको श्रम संस्कृति पार्टीकाे मूल सिद्धान्त ‘हर्कवाद’

मंसिर १६ २०८२, मंगलवार

धरान। हर्क साम्पाङ अध्यक्ष रहेको श्रम संस्कृति पार्टीले ‘हर्कवाद’लाई पार्टीको मूल सिद्धान्त बनाउने घोषणा गरेको छ। मंगलबार धरानमा पत्रकार सम्मेलन गर्दै पार्टीको सिद्धान्त हर्कवाद बनाउने घोषणा गरेको हो।

प्रकृति-संस्कृति-प्रविधिको सन्तुलित र समुचित विकासले मानव जगतको रक्षा र उन्नति गर्न सम्भव रहेको बताउँदै अध्यक्ष साम्पाङले श्रमदानलाई आधार बनाएर पार्टीको सिद्धान्त हर्कवाद बनाइएको बताए। हर्क साम्पाङले जारी गरेको घोषणापत्रमा देशको दिगो विकासका लागि श्रमदान अपरिहार्य रहेको उल्लेख छ।

साम्पाङले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र उपराष्ट्रपति हुने सिद्धान्त अवलम्बन गर्नेछन्, राष्ट्रपति र उपराष्ट्रपति फरक-फरक लिंग र जातिका हुनुपर्ने सार्वजनिक गरिएको सिद्धान्तमा उल्लेख छ।

त्यस्तै विज्ञहरूको समावेशी मन्त्रिपरिषद् बनाइने र सांसद मन्त्री बनेको खण्डमा सांसद पद निलम्बन गरिने पनि उनको सिद्धान्तमा उल्लेख छ।

त्यस्तै संघात्मक शासन प्रणाली, स्वतन्त्र र निष्पक्ष न्यायपालिका हुने र संघमा दुई सदनात्मक र प्रदेशमा एक सदनात्मक व्यवस्था रहने सार्वजनिक गरिएको सिद्धान्तमा उल्लेख छ।

त्यस्तै निर्वाचन प्रणाली पूर्ण समानुपातिक र प्रतिनिधिसभामा जनसंख्याको आधारमा पूर्ण समानुपातिक प्रतिनिधित्व गरिने उनको सिद्धान्तमा उल्लेख छ।