• फाल्गुन २३ २०८२, शनिबार

बिना औषधि स्वस्थ रहने उपाय

मंसिर १५ २०८२, सोमबार

१. राति १० बजेभन्दा अघि सुत्नु औषधि हो।
२. प्रकृतिमा हिँडडुल गर्नु औषधि हो।
३. बिहान खाली पेट ६०० मि.लि. पानी पिउनु औषधि हो।
४. हरेक दिन ईश्वरलाई सम्झनु औषधि हो।
५. नशालु पदार्थबाट टाढा रहनु औषधि हो।
६. हरेक दिन शारीरिक व्यायाम गर्नु औषधि हो।
७. नकारात्मक सोच र मानिसहरूबाट टाढा रहनु औषधि हो।
८. दिनमा कम्तिमा ५ मिनेट गहिरो सास फेर्नु औषधि हो।
९. बिहानको २० मिनेट सूर्यको किरण लिनु औषधि हो।
१०. हरेक दिन ८ घण्टा निद्रा लिनु औषधि हो।
११. प्रत्येक दिन कृतज्ञता व्यक्त गर्नु औषधि हो।
१२. दैनिक १० मिनेट ध्यान गर्नु औषधि हो।
१३. खाना बिस्तारै, चपाएर खानु औषधि हो।
१४. मोबाइलको प्रयोग कम गर्नु औषधि हो।
१५. हाँस्नु र खुशी रहनु औषधि हो।
१६. हरेक दिन केही नयाँ कुरा सिक्नु औषधि हो।
१७. परिवारसँग समय बिताउनु औषधि हो।
१८. अनावश्यक सोचाइबाट बच्नु औषधि हो।

औषधि खोज्न होइन,
स्वास्थ्यमा बाँच्न यी आदतहरू अभ्यास गरौं। शरीरलाई प्रेम गरौं–मन, आत्मा र जीवन उज्यालो बनाऔं