• फाल्गुन २६ २०८२, मंगलवार

जबरजस्ती करणी गरेको अभियोगमा प्युठानबाट पक्राउ

मंसिर ८ २०८२, सोमबार

प्युठान । १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्युठानको ऐरावती गाउँपालिका-५ झिबाङ बस्ने २१ वर्षीय प्रकाश बोहरालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रकाशले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बिजुवार समेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।