• फाल्गुन २३ २०८२, शनिबार

अब स्थानीय निकायबाटै स्थायी लेखानम्बर (प्यान) लिन मिल्ने

कार्तिक २० २०८२, बिहीबार

काठमाडौँ । अब स्थानीय निकायबाटै स्थायी लेखानम्बर लिन मिल्ने भएको छ । सरकारले आन्तरिक राजश्व विभाग करदाता सेवा कार्यालय खारेज गरेसँगै अब प्यान नम्बर लिन स्थानीय निकायमा जानुपर्ने भएको हो ।

योसँगै अब सेवाग्राहीले प्यान नम्बर लिन आफू बस्ने नगरपालिका वा गाउँपालिका कार्यालयमा जानुपर्ने भएको छ ।

स्थानीय तहले प्यान नम्बर वितरण सेवा सुरु नगरेको अवस्थामा भने जिल्लास्थित कोष तथा लेखा नियन्त्रक कार्यालयबाट प्यान नम्बर लिन सकिनेछ ।

तर, करदाता सेवा कार्यालय खारेज भए पनि अर्को व्यवस्था नहुन्जेलसम्म करदाता सेवा कार्यालयबाटै सेवा सञ्चालन गरिने आन्तरिक राजस्व विभागले जनाएको छ ।