• फाल्गुन २५ २०८२, सोमबार

देशभरका अझै ५ हजार ५४७ कैदीबन्दी फरार

आश्विन २६ २०८२, आईतवार

काठमाडौँ । गत भदौ २४ को प्रदर्शनका क्रममा देशभरका विभिन्न कारागारमा आगजनी र तोडफोड गरी भागेका कैदीबन्दीमध्ये ५ हजार ५४७ कैदीबन्दी अझै फरार रहेका छन् ।

आइतबार कारागार व्यवस्थापन विभाग फरार रहेका कैदीबन्दीहरुको सूचीसमेत सार्वजनिक गर्दै फरार रहेकामध्ये ५४० जना भारतीय नागरिक र अन्य देशका १०८ जना विदेशी नागरिक रहेको जनाएको छ । तीमध्ये ४ हजार ९९७ जना नेपाली नागरिक रहेको विभागले जनाएको छ ।

यस्तै, हालसम्म भदौं २४ गते फरार भएका ९ हजार ८ जना कैदीबन्दी अहिलेसम्म पक्राउ परेको विभागले जनाएको छ ।

विभागले भदौ २४ गते देशभरका २८ कारागार र ९ वटा बाल सुधार गृहबाट कैदीबन्दी भागेका थिए । तीमध्ये भाग्ने क्रममा देशभर १० जनाको मृत्यु भएको थियो । कारागारमा रहेका १२ हजार ५८९ कैदीबन्दी र सुधारगृहबाट ९६४ जना भागेका थिए ।