• फाल्गुन २४ २०८२, आईतवार

ह्‌वात्तै घट्यो सुनको मुल्य, आज कतिमा हुँदैछ कारोबार ?

आश्विन २४ २०८२, शुक्रबार

काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य घटेको छ भने चाँदीको मुल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुन तोलाको ४२ सयले घटेर तोलाको २ लाख ३५ हजारमा कारोबार भइरहेको छ । यस अघि विहिबार सुन तोलाको २ लाख ३९ हजार २ सयमा कारोबार भएको थियो, जुन सुनको अहिलेसम्मकै उच्च मुल्य थियो ।

यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ६० रुपैयाँले बढेर ३०८५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि विहिबार चाँदी तोलाको ३०२५ मा कारोबार भएको थियो ।