• फाल्गुन २८ २०८२, बिहीबार

सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशबाट यसवर्षको मनसुन बाहिरियो

आश्विन २० २०८२, सोमबार

काठमाडौँ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको धेरै स्थानबाट यसवर्षको मनसुन बाहिरिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी प्रदेशको पश्चिमी भूभागको थोरै स्थानहरूबाट पनि असोज २० देखि मनसुन बाहिरिएको हो ।

महाशाखाले मनसुनी वायु कमजोर हुँदै गइरहेकाले नेपालको बाँकी भूभागबाट पनि केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको जनाएको छ ।

महाशाखाले नियमित रुपमा मनसुन बहिर्गमन प्रक्रियालाई अनुगमन गरिरहेको पनि जनाएको छ ।