काठमाडौँ । असोज १८ र १९ गते आएको भिषण बर्षापछि विपद्का घटनामा परेर देशभर कम्तिमा ४० जनाको मृत्यु भएको छ ।
बाढीपहिरो, चट्याङ तथा सवारी दुर्घटनामा परेर दुई दिनमा ४० जनाको मृत्यु भएको छ र ११ जना बेपत्ता रहेका छन् । त्यस्तै १३ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।
बाढी पहिरोबाट सबैभन्दा बढी इलाममा मात्रै २८ जनाको मत्यु भएको छ । इलामको सूर्योदय नगरपालिकामा पाँच, इलाम नगरपालिकामा छ, देउमाई नगरपालिकामा दुई, फाकफोकथुम गाउँपालिकामा एक, माङ्सेबुङ गाउँपालिकामा तीन, माइजोगमाई गाउँपालिकामा आठ र सन्दकपुर गाउँपालिकामा तीन जनाको मृत्यु भएको छ ।
त्यस्तै पाँचथरमा सवारी दुर्घटनामा छ जना, रौतहटमा चट्याङमा परेर तीन जना, उदयपुरमा दुई जना र खोटाङमा एक जनाको मृत्यु भएको छ ।