• फाल्गुन २८ २०८२, बिहीबार

इलामबाट गर्भवतीसहित दुई जनाको हेलिकप्टरमार्फत उद्धार

आश्विन १९ २०८२, आईतवार

काठमाडौँ । इलामको माङसेबुङ गाउँपालिका वडा नम्बर–१ बाट दुईजनालाई सैनिक हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

माङसेबुङको पातीगाउँमा पहिरोमा फसेकी एक जना गर्भवती र एक पुरुषलाई उद्धार गरेर उपचारको लागि धरान पठाइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

पहिरोमा परेकाहरूको खोज तथा उद्धारमा माङसेबुङ, इलाम नगरपालिका–६ स्थित गुम्बाडाँडा र मानेभञ्ज्याङ क्षेत्रमा सेनाको २१ नम्बर बाहिनी अड्डा मातहतका युनिटहरू परिचालन गरिएको निर्देशनालयले जनाएको छ ।