• फाल्गुन २८ २०८२, बिहीबार

मौसममा सुधार भएसँगै बन्द गरिएका सडक खुलाउने तयारी

आश्विन १९ २०८२, आईतवार

काठमाडौँ । मौसममा सुधार हुने संकेतसँगै बन्द गरिएका सडकहरु अवस्था हेरेर सुचारु गर्ने तयारी गरिएको छ ।

मौसम पूर्वानुमान महाशाखाले मौसममा सुधार भएको र काठमाडौँबाट नारायणघाट तथा पोखरा जाने सवारी साधन संचालन अनुमति दिने सरकारले तयारी गरेको छ । यसअघि सरकारले बाढी र पहिरोको उच्च जोखिम भएको भन्दै तीन दिनका लागि काठमाडौँबाट बाहिरने र भित्रिने सवारी आवागमन पुर्णरुपमा बन्द गरेको थियो ।

नागढुंगादेखि मुग्लिनमा घोप्टे भीर र कृष्ण भीर नजिकैको पहिरो हटाएर सडक तयारी अवस्थामा बनाइदै छ भने नारायणघाट मुग्लिन सडक तथा मुग्लिन पोखरा सडक भने अवरोध छैन