काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको हवाई भाडादर सार्वजनिक गरेको छ ।
दशैं, तिहार तथा छठको समयमा हवाई टिकटको अत्यधिक माग रहेको र सहज उपलब्ध नरहेको अवस्थालाई न्यूनीकरण गर्न भन्दै प्राधिकरणले देशभित्रका विभिन्न गन्तव्यमा दशैंको टीकाको दिन अर्थात् असोज १६ गते अधिकतम भाडादर सार्वजनिक गरेको हो ।
नेपाल सरकारबाट स्वीकृत तोकिएको अधिकतम भाडादरभन्दा बढी रकम यात्रुहरुबाट नलिन पनि प्राधिकरणले वायु सेवा कम्पनी र सरोकारवालाई निर्देशन दिएको जनाएको छ । साथै प्राधिकरणले तोकिएको भन्दा बढी भाडा लिएमा कारबाही गर्ने चेतावनी दिएको छ ।
प्राधिकरणले सार्वजनिक गरेको सूचीअनुसार सबैभन्दा धेरै भाडा काठमाडौं–धनगढीको १७ हजार ५७९ रहेको छ भने सबैभन्दा कम भाडा काठमाडौं–सिमराको ३ हजार ९७८ रहेको छ ।
सार्वजनिक अधिकतम हवाई भाडादर :
१– काठमाडौं–विराटनगर : ९ हजार ७८५ रुपैयाँ ।
२– काठमाडौं–भरतपुर: ४ हजार ६४३ रुपैयाँ ।
३– काठमाडौं–भद्रपुर : १२ हजार ११२ रुपैयाँ ।
४– काठमाडौं–जनकपुरमा : ५ हजार ४७० रुपैयाँ ।
५– काठमाडौं–पोखरा : ६ हजार ६३५ रुपैयाँ ।
६– काठमाडौं–नेपालगञ्ज : १३ हजार १०३ रुपैयाँ ।
७– काठमाडौं–धनगढी : १७ हजार ५७९ रुपैयाँ ।
८– काठमाडौं–सिमरा : ३ हजार ९७८ रुपैयाँ ।
९– काठमाडौं–भैरहवा : ८ हजार ४६१ रुपैयाँ ।
१०– काठमाडौं–राजविराज : ८ हजार २१० रुपैयाँ ।
११– काठमाडौं–सुर्खेत : ९ हजार ३० रुपैयाँ ।
१२– काठमाडौं–तुम्लिङटार : ७ हजार ६३० रुपैयाँ ।
