पर्सा । पर्सामा दुई युवा समूहबीच चक्कु हानाहान भएको छ । झडपमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पर्सा प्रहरीका अनुसार दशैँ मेला चलिरहेको बेला राति करिब १२ देखि १ बजेकाे बिचमा गितामन्दिर रोडमा दुई युवा समूहबीच चक्कु हानाहान भएको थियो ।
यस क्रममा गोल्डेन नाम गरेका युवककाे शरिरकाे विभिन्न ठाउँमा चक्कु प्रहरीले अत्याधिक रक्तश्राप भई नारायणी अस्पताल लैजाँदै गर्दा बिच बाटो मै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीले घटनास्थल गितामन्दिर रोडलाई सिल गरी थप अनुसन्धान गरिरहेका छन् । भने घटनामा संलग्न दुईजनालाई पक्राउ गरि अन्य संलग्न व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।