• फाल्गुन २६ २०८२, मंगलवार

कारगार फर्किए टोपबहादुर रायमाझी

आश्विन ७ २०८२, मंगलवार

काठमाडौं । कारगारबाट भागेका टोपबहादुर रायमाझीले कारागार फर्किएका छन् । रायमाझी सोमबार कारागारमा फर्किएको कारागार प्रशासनले जानकारी दिएको छ ।

भदौ २४ गते जेनजी आन्दोलनका क्रममा रायमाझी जेलबाट निस्किएका थिए र उनले कारागार प्रशासनलाई फोन गरेर आफु जुन सुकै कारागारमा फर्किन तयार रहेको बताएका थिए ।

रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका छन् । यसै कारागारमा रहेका ३३ किलो सुन काण्डमा मुख्य नाइके चुडामणि उप्रेती गोरे पनि फरार भएका थिए ।

उनी यसअघि नै कारागारमा फर्किएका छन् । रायमाझी सँगै भुटानी शरणार्थी प्रकरणमा कारागारमा रहेका पूर्वसचिव टेकनारायण पाण्डे भने अहिलेसम्म फर्किएका छैनन् ।