चितवन । मुग्लिन–नारायणघाट सडक तुइन खोला नजिक झरेको पहिरो हटाईसकेपछि अहिले सडक एकतर्फी संचालनमा आएको छ ।
सडक डिभिजन कार्यालय भरतपुरले दुईतर्फी आवागमन खुलाउन प्रयासरत रहेको जानकारी दिदै ढुंगा झर्ने क्रम नरोकिएको बताएको छ ।
त्यस्तै मुग्लिन–नागढुंगा सडक खण्ड अन्तर्गत जवाङ्ग खोला नजिक पनि गएराती पहिरो जाँदा सडक दुवैतर्फ अवरुद्ध बनेको छ । ठुलो पहिरो खसेकोले पहिरो हटाउन समय लाग्ने जानकारी दिदै वैकल्पिक सडक प्रयोग गर्न सडक डिभिजनले आग्रह गरेको छ ।