• फाल्गुन २८ २०८२, बिहीबार

मुग्लिन-काठमाडौँ सडकखण्ड दुईतर्फी अवरुद्ध

आश्विन ७ २०८२, मंगलवार

धादिङ । मुग्लिन काठमाडौँ सडक खण्ड अवरुद्ध भएको छ ।
गएराती धादिङको बेनीघाट रोराङ गाउँपालिका-१० जवाङ खोलामा सुक्खा पहिरो गई बाटो दुईतर्फ अवरुद्ध भएको हो ।

पहिरो झर्ने क्रम निरन्तर रहेकाले हाललाई पहिरो हटाउने कार्य गर्न नसकिएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले यात्रामा रहेका यात्रुलाई आफूलाई पायकपर्ने ठाउँमा सुरक्षित भएर लेन अनुशासन कायम गरी बसिदिन अनुरोध गरेको छ ।