• फाल्गुन २३ २०८२, शनिबार

काठमाडौंसहित १० सहरका सार्वजनिक स्थानमा निःशुल्क वाइफाइ उपलब्ध गराउने संचारमन्त्रीको निर्णय

आश्विन ६ २०८२, सोमबार

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले पदभार ग्रहण गरे लगत्तै काठमाडौंसहित देशका प्रमुख १० सहरका सार्वजनिक स्थानमा पाँच महिनाभित्र निःशुल्क वाइफाइ उपलब्ध गराउने पहिलो निर्णय गरेका छन् ।

पदभार ग्रहणपछि मन्त्री खरेलले जेनजीहरूको बलिदानीको जगमा उभिएको सरकार भएकाले यसले युवाहरूको म्यान्डेडलाई पूरा गर्ने प्रतिबद्धता जनाए । भ्रष्टाचार अन्त्य र सुशासन कायम हुनुपर्ने युवाहरूको मागमा महत्त्वपूर्ण कदम चाल्नुपर्ने उनको बताए ।

उनले आन्दोनलका क्रममा क्षति भएका संरचनाको पुनःनिर्माण गर्न सहज भए पनि जनताको मनमा लागेको चोटको पुनःनिर्माण गर्न त्यति सहज नभएको जिकिर गरे ।

मन्त्री खरेलले ६ महिनामा खरानी र धुलो टक्टक्याउँदै जनतालाई अनुभूत हुनेगरी केही कामहरू ६ महिनामा पक्कै गर्ने दाबी गरे ।
सरकारमा रहेका सदस्यहरूको ध्यान देश पहिला, जनता पहिला अनिमात्रै अरू कुरामा हुने उनको भनाइ छ । मन्त्री खरेलले मन्त्रीका तर्फबाट कर्मचारीलाई काम गर्न कुनै हस्तक्षेप नगर्ने प्रतिबद्धता जनाए ।