काठमाडौँ । पत्रकार जगदीश खरेल मन्त्री बन्ने भएका छन् । प्रधानमन्त्री सुशीला कार्कीले खरेलको नाम सञ्चारमन्त्रीका लागि प्रस्ताव गरेकी छिन् ।
प्रधानमन्त्री कार्कीले आइतबार राष्ट्रपतिसमक्ष खरेलको नाम सिफारिस गरेकी हुन् । पत्रकार खरेल इमेज टेलिभिजनका समाचार प्रमुख हुन् ।
दुई दशकभन्दा बढी समयदेखि पत्रकारितामा सक्रिय खरेलले त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा आमसञ्चारमा स्नातकोत्तर गरेका छन् ।
मन्त्री बन्न लाग्नु भएको हो ? भन्ने प्रश्नको जवाफमा उनले भने,‘हो, अहिले सञ्चार तथा सूचना प्रविधि भन्ने छ । अरू बाँकी पछि नै थाहा होला ।’