असोज ०५ । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालक अनुमतिपत्र प्राप्त संस्था स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेडले नेपालमा १२०+ शाखा रहेको चेन स्टोर बिगमार्टमा यहि घटस्थापनादेखि छठ पर्वसम्म Smart Celebrations by SCT अफर सुरु गर्दैछ ।
यस अफर अन्तर्गत ग्राहकहरूले बिगमार्टमा यहि असोज ६ गते देखि कार्तिक १० गते सम्म SCT-UnionPay कार्डबाट भुक्तानी गर्दा एकपटकमा १०%, अधिकतम रु. १०० हुनेगरी छुट प्राप्त गर्नेछन् ।
यसको लागि भुक्तानी गर्न SCT-UnionPay कार्ड प्रयोग गरी pos मेसिन मार्फत नै भुक्तानी गर्नु पर्नेछ । यो अफर घटस्थापनादेखि छठसम्म बिगमार्टको सम्पूर्ण शाखामा लागु हुनेछ ।
एससीटीले हाल २३ वटा बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारी संस्थाहरू मार्फत यो कार्ड जारी गर्दै आइरहेको छ । यो अफर मार्फत् कार्डको अधिकतम प्रयोग गराउने र कार्डमार्फत नगदरहीत कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्य रहेको छ ।
यो कार्ड नहुने ग्राहकहरूले पनि यस अफरमा सहभागी हुनलाई आफ्नो नजिकैको बैंक तथा वित्तीय संस्थामा गएर यो कार्ड माग गरी कार्ड प्राप्त गर्न सक्नेछन् ।