• फाल्गुन २६ २०८२, मंगलवार

कुलमानकाे एक्सन : विद्युत प्राधिकरणबाट हितेन्द्र हटाए, सिलवाल ल्याए

आश्विन ५ २०८२, आईतवार

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा मनोज सिलवाल नियुक्त भएका छन्। मन्त्रिपरिषद्को आजको बैठकले सिलवाललाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो।

बैठकले हितेन्द्रदेव शाक्यलाई जल तथा ऊर्जा आयोगको विशिष्ट श्रेणी पदमा नियुक्त गर्ने निर्णय गरेको छ। शाक्य गत चैत ११ गते कार्यकारी निर्देशकमा नियुक्त भएका थिए। केपी सरकारले कुलमानलाई हटाएर हितेन्द्रलाई  विद्युत प्राधिकरणकाे निर्देशकमा नियुक्त गरेकाे थियाे ।