• फाल्गुन २८ २०८२, बिहीबार

बौद्धजागरण संघको १७औँ वार्षिक साधारणसभासम्पन्न

आश्विन ५ २०८२, आईतवार

— बौद्धजागरण संघ ललितपुरले आफ्नो १७औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ। संघका अध्यक्ष काइला लामाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि धर्मगुरु कर्मा साङबो रहेका थिए। विशेष अतिथि बागमती प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री शैलेन्द्रमान वज्राचार्य रहेका कार्यक्रममा सोम गाउँपालिकाका अध्यक्ष कृष्णमान लकाकोन्ज्यो, गोलखबरका निर्देशक तथा संघका सल्लाहकार विरसिंह घलेलगायतको उपस्थिति थियो। संघले समाजसेवा र संघमा पुर्याएको योगदानको कदरस्वरूप विरसिंह घलेलाई सम्मान गर्दै प्रदेश अध्यक्ष पदमा मनोनयन गरेको छ। प्रमुख अतिथि र अध्यक्षले संयुक्त रूपमा सम्मानपत्र र खादा अर्पण गरेका थिए। कार्यक्रममा संघका सचिव भीम व. लामाले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए। अष्टमंगल पढी राष्ट्रिय गानसँगै उद्घाटन गरिएको कार्यक्रममा धर्मदेशना, टप्चे, शरणगमनसहित आजीवन सदस्य र सहयोगीहरूलाई पनि सम्मान गरिएको थियो। लमजुङबाट आएका विभिन्न प्रतिनिधिहरूको समेत सहभागिता रहेको उक्त कार्यक्रम ललितपुरको लगनखेलस्थित सञ्चय कोष भवनमा सम्पन्न भएको हो।