• फाल्गुन २४ २०८२, आईतवार

ह्वात्तै बढ्यो सुनको मूल्य

आश्विन ५ २०८२, आईतवार

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य प्रतितोला एक हजार १०० रुपैयाँले बढेको छ । आज सुन प्रतितोला दुई लाख १७ हजार १०० रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

गत शुक्रबार सुन प्रतितोला दुई लाख १६ हजार रुपैयाँमा खरिद बिक्री भएको थियो ।

त्यस्तै, आज चाँदी प्रतितोला दुई हजार छ सय २० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस तीन हजार ६८५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।