• फाल्गुन २४ २०८२, आईतवार

पाकिस्तानी आतङ्ककारी खाेज्न भारतीय फाैज नेपाली सीमानामा तैनाथ

भाद्र १२ २०८२, बिहीबार

विराटनगर । भारतीय सीमा सुरक्षा टोलीले तीन पाकिस्तानी आतङ्ककारीहरू हसनैन अली, आदिल हुसेन र मोहम्मद उस्मान नेपाल हुँदै बिहार प्रवेश गरिरहेको सूचनालाई आधार मानेर सीमा क्षेत्रमा गस्ती बढाएको छ ।

५६औँ वाहिनी मुख्यालय एस.एस.बी. बथनाहा र सबै बाहिरी सीमा चौकीहरूको क्षेत्राधिकारमा प्राप्त जानकारीको आधारमा सशस्त्र सीमा बल, बिहार प्रहरी र डग स्क्वाड टोलीसँगको सहकार्यमा बजार र सीमा क्षेत्रमा संयुक्त गस्ती र सघन जाँच गरेको हो ।

गस्तीको क्रममा स्थानीयलाई आतङ्कवादीको बारेमा सचेत गराइएको जनाइएको छ । उनीहरूलाई सतर्क रहन सल्लाह दिइएको भारतीय पक्षले जनाएको छ ।

यसका साथै, मुख्य सडक, पसल र वरपरका क्षेत्रहरूमा तीन व्यक्तिको पोस्टर पनि टाँसिएको छ । संयुक्त गस्तीमा एसएसबीका अधिकारीहरू, मातहतका अधिकारीहरू र अन्य बलका कर्मचारीहरू र बिहार प्रहरीका अधिकारीहरू र अन्य कर्मचारीहरू सहभागी छन् ।