• फाल्गुन २४ २०८२, आईतवार

शुक्रबार पनि सुनचाँदीको मुल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

भाद्र ६ २०८२, शुक्रबार

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुन तोलाको ४ सयले बढेर तोलाको एक लाख ९५ हजार २ सयमा कारोबार भइरहेको छ । यसअघि विहिबार सुन तोलाको एक लाख ९४ हजार ८ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २० रुपैयाँले बढेर २३१० मा कारोबार भइरहेको छ । यसअघि विहिबार चाँदी तोलाको २२९० मा कारोबार भएको थियो ।