• फाल्गुन २४ २०८२, आईतवार

नेप्सेमा सामान्य वृद्धि, ५ अर्ब ६३ करोडको कारोबार

भाद्र ३ २०८२, मंगलवार

काठमाडौँ । आज नेप्सेमा परिसूचकमा वृद्धि भएको छ । नेप्से सोमबार ६.५१ अंकले बढेर २७७६.९० विन्दुमा पुगेको हो ।

आजको कारोबारमा विभिन्न ३१६ कम्पनीका एक करोड ३१ लाख २४ हजार ३१० कित्ता शेयर ५ अर्ब ६३ करोड ६५ लाख ४८ हजार ३८ मा किनबेच भएको नेप्सेले जनाएको छ ।

आज सान्भी इनर्जीको शेयर सबैभन्दा बढी ६.९८ प्रतिशतले बढेको छ भने प्योर इनर्जीको शेयर ६.०९ प्रतिशतले बढेको छ । त्यस्तै नारायणी डेभलपमेन्ट बैंकको शेयर सबैभन्दा बढी ६.१४ प्रतिशतले घटेको छ ।

आज सबै भन्दा बढी कारोबार युनाइटेड मोदीको ३१ करोड ७२ लाख र हिमालयन डिस्टिलरीको २८ करोड ३७ लाखको कारोबार भएको नेप्सेले जनाएको छ ।