• फाल्गुन २४ २०८२, आईतवार

ह्‌वात्तै बढ्यो सुनचाँदीको मुल्य, आज कतिमा हुँदैछ कारोबार ?

भाद्र २ २०८२, सोमबार

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुन तोलाको ८ सयले बढेर तोलाको एक लाख ९६ हजार ३ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलाको एक लाख ९५ हजार ५ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ५ रुपैयाँले बढेर २३१५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी तोलाको २३१० मा कारोबार भएको थियो ।