• फाल्गुन २४ २०८२, आईतवार

नेप्से २७.१४ अंकले घट्यो, ७ अर्ब ७३ करोडको कारोबार

भाद्र १ २०८२, आईतवार

काठमाडौँ । आज नेप्सेमा परिसूचकमा गिरावट आएको छ । नेप्से आइतबार २७.१४ अंकले घटेर २७६१.२२ विन्दुमा पुगेको हो ।

आजको कारोबारमा विभिन्न ३१७ कम्पनीका २ करोड ५ लाख १३ हजार ६२५ कित्ता शेयर ७ अर्ब ७३ करोड ५१ लाख ९५ हजार ९४ मा किनबेच भएको नेप्सेले जनाएको छ ।

आज आरबीबी म्युचल फन्डको शेयर सबैभन्दा बढी ७.९३ प्रतिशतले बढेको छ भने अपर स्याँगे हाइड्रोको शेयर ६.२९ प्रतिशतले बढेको छ । त्यस्तै सम्पदा लघुवित्तको शेयर अबैभंदा बढी ७.०६ प्रतिशतले घटेको छ ।

आज सबै भन्दा बढी कारोबार नेपाल रिइन्सुरेन्सको ५१ करोड ६७ लाख र हिमालायन रिइन्सुरेन्सको ३५ करोड ५४ लाखको कारोबार भएको नेप्सेले जनाएको छ ।