• फाल्गुन २४ २०८२, आईतवार

ह्‌वात्तै बढ्यो सुनचाँदीको मुल्य, तोलाको कति पुग्यो ?

श्रावण २९ २०८२, बिहीबार

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार छापावाल सुन तोलाको एक सयले बढेर तोलाको एक लाख ९६ हजार ८ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको एक लाख ९६ हजार ७ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १५ रुपैयाँले बढेर २३४० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी तोलाको २३२५ मा कारोबार भएको थियो ।