• फाल्गुन २४ २०८२, आईतवार

ह्‌वात्तै घट्यो सुनचाँदीको मुल्य, आज कतिमा हुँदैछ कारोबार ?

श्रावण २५ २०८२, आईतवार

काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य सामान्य घटेको छ भने चाँदीको मुल्य सामान्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुन तोलाको २ सयले घटेर तोलाको एक लाख ९९ हजार २ सयमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन तोलाको अहिलेसम्मकै उच्च एक लाख ९८ हजार ४ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य सामान्य बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ५ रुपैयाँले बढेर २३३० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी तोलाको २३२५ मा कारोबार भएको थियो ।