• फाल्गुन २४ २०८२, आईतवार

उत्तराखण्ड बाढी अपडेट : जाजरकोट र जुम्लाका ७ को मृत्यु, १३ भन्दा बढी बेपत्ता

श्रावण २२ २०८२, बिहीबार

एभरेष्ट न्यूज एजेन्सी, सुर्खेत । गत मंगलबार भारतको उत्तराखण्डको उत्तरकाशीको धरालीमा गएको भीषण बाढीमा परी जाजरकोट र जुम्लाका ७ जनाको मृत्यु भएको छ भने कैयौं बेपत्ता भएको खुलेको छ ।

जाजरकोटको कुशे गाउँपालिकाले विज्ञप्ति जारी गरी बेपत्ता भएकाहरूको खोजीका लागि आवश्यक कूटनीतिक पहल गर्न संघीय सरकारलाई आग्रह गरेको छ । बाढी पहिरोमा परेर १३ जना भन्दा बढी बेपत्ता रहेको परिवारका सदस्यले जानकारी दिएको गाउँपालिकाले जानकारी दिएको छ ।

यस विषयमा परराष्ट्र मन्त्रालयले भने अहिलेसम्म औपचारिक जानकारी दिएको छैन ।  उत्तरकाशीको बाढीमा सय भन्दा बढी बेपत्ता रहेको बताइएको भएपनि अहिलेसम्म स्पष्ट आँकडा बाहिर आएको छैन ।