• फाल्गुन २४ २०८२, आईतवार

नेप्सेमा सामान्य वृद्धि, ७ अर्ब ६३ करोडको कारोबार

श्रावण २१ २०८२, बुधबार

काठमाडौँ । आज नेप्से परिसूचकमा सामान्य वृद्धि भएको छ । नेप्से बुधबार २.३५ अंकले बढेर २८३६.३५ विन्दुमा पुगेको हो ।

आजको कारोबारमा विभिन्न ३२० कम्पनीका २ करोड १६ लाख ५७ हजार ७०६ कित्ता शेयर ७ अर्ब ६३ करोड १३ लाख ७५ हजार ९५२ मा किनबेच भएको नेप्सेले जनाएको छ ।

आज वीन नेपाल लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ भने महुली लघुवित्त र ट्रेड टावर लिमिटेडको शेयर ९.९९ प्रतिशतले बढेको छ । त्यस्तै आज थ्रीस्टार हाइड्रोको शेयर मुल्य ३.७८ प्रतिशतले घटेको छ ।

आज सबै भन्दा बढी कारोबार एनगाडी ग्रुप पावरको २९ करोड ४५ लाख र हिमालयन रिइन्सुरेन्सको २८ करोडको कारोबार भएको नेप्सेले जनाएको छ ।