• फाल्गुन २४ २०८२, आईतवार

सेयर कारोबार गर्न अब राष्ट्रिय परिचयपत्र अनिवार्य

श्रावण १७ २०८२, शनिबार

काठमाडौँ । सेयर कारोबार गर्न अब राष्ट्रिय परिचयपत्र अनिवार्य हुने भएको छ । नेपाल स्टक एक्सचेन्जले कारोबार सदस्यहरू (धितोपत्र दलाल, आरटीएस, सीडीएस एन्ड क्लियरिङ हाउस) लाई परिपत्र गर्दै ग्राहक पहिचान (केवाईसी) फाराममा राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गर्न निर्देशन दिएको हो ।

परिपत्रमा राष्ट्रिय परिचय पत्रका आधारमा ग्राहक पहिचान र सम्पत्ति शुद्धीकरण सम्बन्धी व्यवस्थाको कार्यान्वयन नेपाल धितो पत्र बोर्डबाट निर्देशन प्राप्त भएको भन्दै अबदेखि नयाँ कारोबार खाता खोल्दा नेपाली नागरिकको हकमा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बर लिनु अनिवार्य गर्न भनेको छ ।

त्यस्तै आफ्नो छुट्टै कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) प्रयोग गरिरहेका कारोबार सदस्यले उक्त व्यवस्था कार्यान्वयनका लागि आवश्यक तयारी गर्न समेत नेप्सेले निर्देशन दिएको छ ।

यो व्यवस्थाले धितो पत्र बजारमा कारोबारको पारदर्शिता बढाउने र सम्पत्ति शुद्धीकरण निवारणमा सहयोग पुग्ने अपेक्षा नेप्सेको रहेको छ ।