• फाल्गुन २४ २०८२, आईतवार

विहिबार सुनचाँदीको मुल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

श्रावण १५ २०८२, बिहीबार

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार छापावाल सुन तोलाको ८ सयले घटेर तोलाको एक लाख ९३ हजार ६ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको एक लाख ९४ हजार ४ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ४० रुपैयाँले घटेर २२७० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी तोलाको २३१० मा कारोबार भएको थियो ।