• फाल्गुन २४ २०८२, आईतवार

ह्वात्तै घट्यो सुनको मुल्य, आज कतिमा हुँदैछ कारोबार ?

श्रावण १३ २०८२, मंगलवार

काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य घटेको छ भने चाँदीको मुल्य सामान्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुन तोलाको ६ सयले घटेर तोलाको एक लाख ९३ हजारमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको एक लाख ९३ हजार ६ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने सामान्य बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ५ रुपैयाँले बढेर २३०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि सोमबार चाँदी तोलाको २२९५ मा कारोबार भएको थियो ।