• फाल्गुन २३ २०८२, शनिबार

‘शिरमा शिरफूल छ’ लिएर आए राेल्पाका अमर रोका र मन्जु घर्ती (भिडियाेसहित)

श्रावण ११ २०८२, आईतवार

काठमाडौं । लोकदोहोरीको माहोलमा नेपाली गीतसंगीतको बजारमा फेरि एउटा लोकदोहोरी गीत आएको छ । गायक अमर रोकामगर र गायिका मन्जु घर्तीको सुमधुर स्वरमा सजिएको ‘शिरमा शिरफूल छ’ बोलको गीत बजारमा आएको हो ।

जम्मा ८ मिनेट १७ सेकेण्डसम्म रमाइलो गर्दै सुन्न सकिने यो गीत माया र प्रेम कहानीमा आधारित छ । गीतको म्यूजिक भिडियोमा अभिनय गर्ने कलाकारहरुले पनि निकै मेहनत गरेका छन् भने भिडियोको बिचबिचमा हाँस्यकलाकारहरु  तिलक राेका ‘बैरागी’ र रविन्द्र सुनार ‘खिन्टे’को कमेडीले पनि म्यूजिक भिडियोलाई थप रमाइलो बनाएको छ ।

भिडियोमा मगर समुदायको भेषभूषा प्रयोग गरिएकोले नेपाली मौलिक संस्कृति बचाउन लगानी र मेहनत गरेकोमा व्यवस्थापन पक्ष र कलाकारहरुलाई दर्शकहरुको तर्फबाट धन्यवाद दिनैपर्छ । गीतमा भर्खर मायाजालमा पर्न थालेको जोडीको मनको भावना र कौतुहुलतालाई देखाउन खोजिएको छ ।

गीतका शब्दहरु रविन्द्र सुनारका रहेका छन् भने गीतको लय तथा संगीत अमर रोकाकै रहेको छ । युटुबमा अमर रोकामगर नामको च्यालनमा यो गीत हेर्न सकिन्छ ।