• फाल्गुन २४ २०८२, आईतवार

नेप्सेमा वृद्धि, १९ अर्ब ५७ करोडको कारोबार

श्रावण ७ २०८२, बुधबार

काठमाडौँ । नेप्से परिसूचकमा सामान्य वृद्धि भएको छ । आज नेप्से ५.१७ अंकले बढेर २९७८.८८ विन्दुमा रोकिएको छ ।

आजको कारोबारमा विभिन्न ३१९ कम्पनीका ४ करोड ४८ लाख ६६ हजार १५९ कित्ता शेयर १९ अर्ब ५७ करोड ५२ लाख ७० हजार ५५७ मा किनबेच भएको नेप्सेले जनाएको छ ।

आज ट्रेड टावर लिमिटेड र सान्भी इनर्जीको शेयर सबैभन्दा बढी ९.९९ प्रतिशतले बढेको छ भने ग्रीन भेन्चर लिमिटेडको सेयर ९.४० प्रतिशतले बढेको छ । त्यस्तै आज भूगोल इनर्जी डेभलपमेन्टको शेयर ५.३२ प्रतिशतले घटेको छ ।

आज सबै भन्दा बढी कारोबार हिमालयन रिइन्सुरेन्सको ७८ करोड १० लाख बराबरको र शिभम सिमेन्टको ७५ करोड र २९ लाख बराबरको सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।