• फाल्गुन २४ २०८२, आईतवार

सुन तोलाको २१ सयले बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

श्रावण ७ २०८२, बुधबार

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा २१ सयले बढेर तोलाको एक लाख ९७ हजार ६ सयमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन तोलाको एक लाख ९५ हजार ५ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ३० रुपैयाँले बढेर २३५० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि मंगलबार चाँदी तोलाको २३२० मा कारोबार भएको थियो ।