• फाल्गुन २४ २०८२, आईतवार

लगातार सुनचाँदीको मुल्यमा वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?

श्रावण २ २०८२, शुक्रबार

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलामा २ सयले बढेर तोलाको एक लाख ९२ हजार ५ सयमा कारोबार भइरहेको छ । यसअघि विहिबार सुन तोलाको एक लाख ९२ हजार ३ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलामा १५ रुपैयाँले बढेर तोलाको २२८० रुपैयाँमा कारोबार भइरहेको छ ।