• फाल्गुन २४ २०८२, आईतवार

भारतमा अर्को विमान दुर्घटना हुनबाट मुस्किलले बच्यो

असार ३२ २०८२, बुधबार

नयाँदिल्ली । भारतमा अर्को विमान दुर्घटना हुनबाट जोगिएको छ । भारतीय सञ्चार माध्यमहरूले प्रकाशित गरेका समाचार अनुसार यो घटना मंगलबार भएको हो ।

राजधानी नयाँ दिल्लीबाट पटना जाँदै गरेको इन्डिगोको उडानलाई अवतरण गर्न समस्या भएको थियो । धेरै प्रयास पछि पाइलटले विमान अवतरण गराउन सफल भएका थिए । पाइलटले एकपटक विमान अवतरण गरे तर तुरुन्तै फेरि उडान गर्नुर्पयो । यद्यपि, पछि विमान सुरक्षित रूपमा अवतरण भयो र यात्रुहरूले राहतको सास फेरे ।

दिल्लीबाट पटना आउँदै गरेको इन्डिगोको उडान ६ई २४८२ ले पटना विमानस्थलमा अवतरण गर्ने बित्तिकै उडान भरेको थियो । हावामा तीनचार राउन्ड गरेपछि उडान फेरि अवतरण गरियो ।

मंगलबार राति करिब ९ बजे दिल्लीबाट पटना आएपछि पाइलटले विमान अवतरण गराए । तर, विमान ओभरसुट भएको थियो । रनवेमा विमान रोक्न सम्भव नभएको पाइलटलाई लागेपछि उनले फेरि विमानलाई माथि उठाए । यो थाहा पाएर विमानमा सवार १७३ यात्रुहरू आत्तिएका थिए ।

यद्यपि, चालक दलका सदस्यले यात्रुहरूलाई कुनै आपत्कालीन अवस्था नभएको जानकारी दिए । प्राविधिक कारणले गर्दा विमान फेरि उडाइएको उनीहरूलाई बताइयो । यसक्रममा उडानमा रहेका यात्रुहरूलाई धैर्य गर्न भनिएको थियो । विमान फेरि अवतरण गरेपछि यात्रुहरूले राहतको सास फेरे । प्राप्त जानकारी अनुसार, छोटो रनवे वर्षाले चिप्लो भएका कारण उडान ओभरसुट भएको थियो ।