• फाल्गुन २४ २०८२, आईतवार

लाइसेन्स बनाइदिन्छु भनि ७ हजार घुस लिएका कार्यालय सहयाेगी पाैडेल पक्राउ

असार ३१ २०८२, मंगलवार

पोखरा । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र कास्कीमा कार्यरत कार्यालय सहयोगी दिपक पौडेल ७ हजार घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार कार्यालय सहयोगी पौडेलले सवारी चालक अनुमति पत्रको अनलाईन फारम भरीदिने र लिखित परीक्षा उत्तीर्ण गराई ट्रायल परीक्षामा समेत पास गरिदिने भनी सेवाग्राहीसँग ७ हजार घुस लिइसकेको अवस्थामा रकमसहित नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ ।