• फाल्गुन २४ २०८२, आईतवार

सोमबार पनि बढ्यो सुनचाँदीको मुल्य, आज कतिमा हुँदैछ कारोबार ?

असार ३० २०८२, सोमबार

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुनको मूल्य तोला ४ सयले बढेर तोलाको एक लाख ९३ हजार ३०० मा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलाको एक लाख ९२ हजार ९०० मा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलामा ३० रुपैयाँले बढेर तोलाको २३१५ रुपैयाँमा कारोबार भइरहेको छ ।