काठमाडौं । बाढीको बेला गलत सूचना रोक्न टिकटकले ल्यायो जानकारीमूलक गाइड सार्वजनिक गरेको छ । यो नयाँ सर्च फिचरले प्रयोगकर्ताहरूलाई प्रमाणित जानकारीका स्रोतहरूसँग जोड्छ र मनसुन बाढीको समयमा सहयोग गर्नेछ ।
नेपालमा मनसुन बाढीको प्रकोप बढिरहेको समयमा टिकटकले आज एक नयाँ सर्च गाइड सार्वजनिक गरेको छ । जसले नेपाली प्रयोगकर्तालाई विश्वसनीय र अपटुडेट जानकारीसम्म पहुँच प्राप्त गर्न सहयोग गर्नेछ ।
प्राकृतिक प्रकोपहरू सम्बन्धी गलत जानकारीहरू फैलिन नदिन र वास्तविक जानकारीको पहुँच सुनिश्चित गर्न, सुरक्षा र तथ्यप्रक सचेतनालाई प्रवद्र्धन गर्ने टिकटकको निरन्तर प्रयासकै हिस्साका रूपमा यो गाइडले प्रमाणित जानकारीहरू उपलब्ध गराउनेछ ।
अबदेखि टिकटकमा बाढीसम्बन्धी अपडेट खोज्ने प्रयोगकर्ताहरूले एउटा विशेष ब्यानर देख्नेछन्, जसले उनीहरूलाई विश्वसनीय स्रोतहरूबाट जानकारी भेरिफाई गर्न प्रेरित गर्नेछ ।
यो गाइडले प्रयोगकर्तालाई नेपालको राष्ट्रिय विपद् सूचना पोर्टल द्यक्ष्एब्म्, टिकटकको सेफ्टी सेन्टर रिसोर्सेस र पीडादायी घटनाबाट प्रभावित व्यक्तिहरूलाई व्यावहारिक सहयोगसमेत समावेश गरिएको ट्र्याजिक ईभेन्ट सपोर्ट गाइडमा सिधै पहुँच दिन्छ ।
यो गाइडले प्राकृतिक विपददेखि व्यक्तिगत क्षतिसम्मलाई समेटेर ‘ट्र्याजिक ईभेन्ट’लाई स्पष्ट रूपमा परिभाषित गर्दछ र त्यस्ता घटनाहरूमा मानसिक स्वास्थ्य सहयोग खोज्ने तरिका तथा यस्ता सामग्री जिम्मेवारीपूर्वक शेयर वा रिपोर्ट गर्ने उपायबारे पनि जानकारी दिन्छ ।
टिकटकका दक्षिण एशियाका लागि पब्लिक पोलिसी एण्ड गभर्मेन्ट रिलेसन्स हेड फिरदौस मोत्ताकिनले भने,‘संकटको घडीमा समयमै र सही जानकारीको पहुँच अत्यन्तै महत्वपूर्ण हुन्छ भन्ने हामी बुझ्दछौं । हामीले विपद् व्यवस्थापनसँग प्रत्यक्ष जोडिएका संस्थाहरूसँग सहकार्य गरेर एवम् यी स्रोतहरूलाई हाम्रा प्रयोगकर्ताको पहुँचमा सहज तरिकाले पुर्याएर, हामी वहाँहरूलाई सचेत निर्णय लिन र सुरक्षित रहन सहयोग गर्न चाहन्छौं ।’
यो सुरुवात टिकटकको विश्वसनीय जानकारीलाई प्राथमिकता दिने र आफ्ना प्रयोगकर्ताहरूका लागि सुरक्षित डिजिटल वातावरण निर्माण गर्ने लगायत वृहत लक्ष्यहरूमा आधारित छ ।
यी टुलहरूलाई युजर एक्सपिरियन्समै समाहित गरेर टिकटकले आफ्नो कम्युनिटीलाई अर्थपूर्ण सहयोग र भरपर्दो जानकारीको माध्यमबाट सशक्त बनाइरहेको छ । यो प्लेटफर्म यस्तो वातावरण निर्माण गर्न प्रतिबद्ध छ जहाँ मानिसहरू सहि सूचनाको माध्यमबाट अपडेट भइरहन, आफ्नो मानसिक र सामाजिक स्वास्थ्यको ख्याल राख्न र संवेदनशील क्षणहरूमा जिम्मेवार बन्न सक्नेछन् ।