• फाल्गुन २४ २०८२, आईतवार

१ अर्ब ५० करोडको हुण्डी कारोबार गर्ने दुई भारतीय ललितपुरबाट पक्राउ

असार २४ २०८२, मंगलवार

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले ललितपुरको सानेपाबाट भारतीय नागरिक रुपेश कुमार गुप्ता र विपिन कुमारलाई राजतिर्थ ट्रेडर्स किराना पसलको आवरणमा गैरकानुनी हुण्डी तथा अभौतिक मुद्राको कारोबार गरिरहेको अवस्थामा रकमसहित नियन्त्रणमा लिएको जानकारी दिएको छ ।

ब्युरोले उनको साथबाट ८ लाख २० हजार नेपाली रुपैयाँ, १० हजार भारु तथा पाँच थान मोबाइल बरामद गरेको प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिएका छन् ।