काठमाडौँ । नेप्से परिसूचकमा आज दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से २२.३५ अंकले घटेर २६८४.०१ विन्दुमा कायम भएको छ ।
आजको कारोबारमा विभिन्न ३११ कम्पनीका एक करोड ९४ लाख १५ हजार ६८८ कित्ता शेयर ८ अर्ब ३७ करोड ७३ लाख २७ हजार १४७ मा किनबेच भएको नेप्सेले जनाएको छ ।
आज माथिल्लो मैलुनखोला जलविद्युतको सेयर मुल्य सबैभन्दा बढी ६.५६ प्रतिशतले बढेको छ भने कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मुल्य ६.२८ प्रतिशतले बढेको छ ।
त्यस्तै आज राप्ति हाइड्रोको सेयर मुल्यमा नकारात्मक सर्किट लागेको छ भने गुडविल फाइनान्सको डिभेन्चरको सेयर मुल्य ९.६६ प्रतिशत र ग्रीन डेभलपमेन्ट बैंकको ९.४९ प्रतिशतले घटेको छ ।
आज सबै भन्दा बढी कारोबार नेपाल रिइन्सुरेन्स कम्पनि लिमिटेडको ८० करोड ७० लाख बराबरको शेयर कारोबार भएको नेप्सेले जनाएको छ ।